तेस्रो चरणको स्थानिय निर्वाचन २०७४

 

प्रदेश २ का १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि बुधबार उम्मेदवारी दर्ता हुँदै छ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये प्रदेश २ का आठ जिल्लाभित्रका स्थानीय तहमा मात्रै निर्वाचन बाँकी छ । तेस्रो चरणमा प्रदेश २ का गाउँपालिका र नगरपालिकामा निर्वाचन हुन लागेको हो । असोज २ मा हुने चुनावमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा नेतृत्वका लागि मतदान हुँदैछ । ती सबै तहबाट गरी ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चुनिने छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरमले ती सबै तहमा आफ्ना उम्मेदवार तय गरिसकेका छन् ।

यसअघि,

  • पहिलो चरणमा वैशाख ३१ मा प्रदेश ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा १३ हजार ५ सय ५६
  • दोस्रो चरणमा असार १४ गते प्रदेश १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा १५ हजार ३८

जनप्रतिनिधि निर्वाचित भई जिम्मेवारी सम्हालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *