२५ असोज, काठमाडौं ।
सरकारले हालै मात्र प्रदेशगत रुपमा पिछडिएको क्षेत्र तोकेको छ, जसमा ५७ स्थानीय तह परेका छन् ।
हरेक प्रदेशमा अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको जनसंख्याको प्रतिशत फरक-फरक छ । प्रदेश १ र २ मा अल्पसंख्यकको जनसंख्या धेरै छ भने पिछडिएको क्षेत्र थोरै छ । तर, प्रदेश ६ र ७ मा पिछडिएको क्षेत्र धेरै छ भने अल्पसंख्यक कम छन् ।
प्रदेशगत रुपमा अल्पसंख्यक र पिछडिएको क्षेत्रको जनसंख्या प्रतिशतमा
| प्रदेश | अल्पसंख्यक | पिछडिएको क्षेत्र |
|---|---|---|
| १ | १७.५३ | ०.४४ |
| २ | २५.१७ | २.११ |
| ३ | ७.७७ | १.०० |
| ४ | ६.०२ | ०.०८ |
| ५ | ८.४७ | १.१७ |
| ६ | १.४७ | ३२.४ |
| ७ | २.३७ | १२.७८ |
कुन कुन हुन् पिछडिएको क्षेत्र ?
सरकारले देशभरका ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गरेको छ । जस अनुसार प्रदेश १ मा संखुवासभाको भोटेखोला र पाँचथरको तुम्वावे गाउँपालिका पिछडिएको क्षेत्रमा परेको छ । प्रदेश २ मा सर्लाहीको धनकौल, बसबरिया र बिष्णु गाउँपालिका तथा रौतहटको राजपुर नगरपालिका पिछडिएको क्षेत्रमा परेको छ ।
प्रदेश ३ मा सिन्धुलीको हरीहरपुरगढी र मरिण गाउँपालिका, प्रदेश ४ मा मुस्ताङको लोमान्थाङ र ५ मा बाँकेको तरैनापुर गाउँपालिका पिछडिएको क्षेत्रमा परेका छन् ।
प्रदेश ६ मा ३० वटा र प्रदेश ७ मा १७ वटा स्थानीय तह पिछडिएको क्षेत्रमा परेका छन् ।

स्राेत : अनलाइन खबर



