२२ अप्रिल २०२५ मा भारतको कश्मिर राज्यको पहलगाममा आतंकबादि आक्रमणमा एकजना नेपाली सहित २६ जनाको हत्यापछि भारत र पाकिस्तान बिच तनाव बढेको थियो । यस आतंकबादि आक्रमण पछि भारतले ७ मे २०२५ को राती पाकिस्तानको विभिन्न ७ स्थानमा हवाई तथा ड्रोन आक्रमण गरी युद्धको सुरुवात गरेको थियो । ३ दिन युद्ध चलेपछि अमेरीकी हस्तक्षेपबाट १० मे २०२५ को दिनको ३ बजे देखि भारत र पाकिस्तान युद्ध विराम गर्ने अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प समाजिक संजाल एक्स मार्फत जानकारी गराएका थिए ।
