खरिदार

  • August 18, 2017
  • Comment 0

खरिदार निजामती सेवाको राजपत्र अंनअक‌िंत द्धितिय श्रेणीको पद हो ।

पदपुर्तीको विज्ञापन : फागुन महिनाको अन्तिम बुधबार

यस पदमा फारम भर्ने चाहिने योग्यता 

  • एस.एल.सी. वा सो सरह उर्त्तिण ।
  • १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको)

लिखित परिक्षा योजना

लिखित परिक्षा पहिलो चरण (१०० पुर्णाङ्क)

पत्र विषय पूर्णाङ्क उत्तीर्णाङ्क परिक्षा प्रणाली प्रश्न संख्या x अंक समय
प्रथम
सामान्य ज्ञान र सामान्य बौद्धिक परिक्षण
१००
४०

वस्तुगत वहुबैकल्पिक प्रश्न

Objective, MCQ

५० x २ =१००
४५ मिनेट

लिखित परिक्षा दोस्रो चरण (२०० पुर्णाङ्क)

पत्र विषय पुर्णाङ्क उत्तीर्णङ्क परिक्षा प्रणाली प्रश्न संख्या x अंक समय
द्धितीय
विज्ञान र गणीत
१००
४०
वस्तुगत MCQ
५० x २
१ घण्टा
तृतीय
समाजिक अध्ययन र कार्यालय व्यवस्थपन
१००
४०
विषयगत छोटो लामो उत्तर

१४ x ५ = ७०

३ x १० = ३०

२ घण्टा ३० मिनेट

अन्तिम चरण कम्प्युटर सिप र अन्तर्वार्ता (५० पुर्णाङ्क)

विषय पुर्णाङ्क परीक्षा प्रणाली समय
कम्प्युटर सिप परिक्षण
१०
प्रयोगात्मक
१० मिनेट
व्यक्तिगत अन्तर्वार्ता
४०
मौखिक

पहिलो पत्रको पाठ्यक्रम

 

१. सामान्य ज्ञान ३५ प्रश्न x २ अंङ्क = ७० अङ्क

१.१ सौर्यमण्डल र पृथ्वी सम्बन्धी सामान्य जानकारी ।
१.२ विश्वको भूगोल – महादेश, महासागर, ध्रुव, अक्षांश, देशान्तर, समय, दुरी, पर्वतश्रृंखला, भूकम्प, ज्वालामुखी, नदी, हिमनदी, ताल, जलवायु, आदि ।
१.३ नेपालको भूगोल – भौगोलिक अवस्था, धरातलीय स्वरुप र प्राकृतिक सम्पदा (जलस्रोत, जीवजन्तु, वनस्पति, माटो, खनिज पदार्थ, पहाड, आदि) ।
१.४ विश्वको इतिहास – औद्योगिान्ति, फ्रान्सको राज्य क्रान्ति, अमेरिकी स्वतन्त्रता सङ्ग्राम, रुसी ÷ अक्टोवर क्रान्ति, प्रथम र द्वितीय विश्वयुद्ध तथा भारतीय स्वतन्त्रता सङ्ग्राम; घटना, कारण र परिणामहरू ।
१.५ नेपालको इतिहास (प्राचीन कालदेखि हालसम्म)
१.५.१ किराँतकाल, लिच्छविकाल र मध्यकाल; सामाजिक, सांस्कृतिक, आर्थिक एवं राजनीतिक अवस्था ।
१.५.२ आधुनिक इतिहास (नेपालको एकीकरण देखि हालसम्म); राजनीतिक घटनाक्रम, सामाजिक, सांस्कृतिक र आर्थिक अवस्था ।
१.६ नेपालको सामाजिक अवस्था, परम्परा, मूल्य र मान्यता, धर्म, जातजाति, भाषाभाषी, संस्कृति, कला, साहित्य, संगीत, सांस्कृतिक सम्पदा र आर्थिक अवस्था (कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, संचार, विकास योजना, आदि) सम्बन्धी जानकारी ।
१.७ मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विज्ञानका प्रमुख आविष्कार र नविनतम गतिविधिहरु सम्बन्धी जानकारी ।
१.८ पर्यावरण, जैविक विविधता, दिगो विकास, जलवायु परिर्वतन, वातावरण व्यवस्थापन, प्रदुषण, जनसंख्या, शहरीकरण, बसोवास (बँसाईसराई), गरीबी, स्वास्थ्य, रोग, खाद्य र पोषण, आदि सम्बन्धी जानकारी ।
१.९ नेपालको शासनपद्धति र सरकार – संविधान, राजनीतिक व्यवस्था, स्थानीय सरकार, सुशासन, आदि ।
१.१० अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ÷संस्था – संयुक्त राष्ट्रसंघ र क्षेत्रीय संगठन (सार्क, आसियान, युरोपियन युनियन) ।
१.११ राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकूद, पुस्तक, पुरस्कार, कला, साहित्य, संगीत, आदि लगायत राष्ट्रिय र अन्र्तराष्ट्रिय महत्वका समसामयिक गतिविधिहरु र महत्वपूर्ण व्यक्तित्व तथा विचारकहरु सम्बन्धी जानकारी ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

SQL requests:303. Generation time:2.006 sec. Memory consumption:44.8 mb